शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

र्‍यापर निर्णयको कार्यक्रमको २४ औँ वार्षिकोत्सव मनाइयो

सोमबार, २५ पुस २०७९, २१ : २९
सोमबार, २५ पुस २०७९

इमेज एफ.एम. ९७.९ मेगाहर्जमा निरन्तर्ताका साथ कार्यक्रम प्रसारणमा रहेका र्‍यापर निर्णय श्रेष्ठ एनएसकेको कार्यक्रम ‘ब्रिङ द हाउस डाउन विथ निर्णय एनएसके’ को २४ औँ वार्षिकोत्सव मनाइएको  छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रतिनिधिसभा सांसद इन्दिरा राना मगरले गरेकी हुन् । 

सांसद मगरले आफू र आफ्नो परिवार निर्णयको फ्यान भएको सुनाइन् । उनले निर्णयसँग विभिन्न समाजसेवामा हातेमालो गरेको स्मरण समेत गरिन् । इमेजका सिइओ डा. महेन्द्र विष्टले निर्णयको २४ वर्षको सेवाको प्रशंसा गर्दै त्यसको निरन्तरताको शुभकामना दिए ।   

कार्यक्रममा वरिष्ठ पत्रकार हरि गोपाल प्रधानले दोसल्ला र फूलमाला पहिराई शुभकामना दिएका थिए । कार्यक्रमका अर्का अतिथि सामाजिक अभियन्ता सुमन सायमीले निर्णयको गीत सानै देखि सुनेको बताउँदै उनको समाजसेवाको प्रशंसा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप