बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बिहीबार नेपाली र्‍याम्पमा देखिँदै बलिउड अभिनेत्री मलाइका

बुधबार, २७ पुस २०७९, १० : ४४
बुधबार, २७ पुस २०७९

काठमाडौँ । बलिउड अभिनेत्री मलाइका अरोडा खानले नेपाली र्याम्प शोमा देखिने भएकी छन् । नेपाल रत्न तथा आभुषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा आयोजना गर्न लागेको चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा उनी र्याम्पमा देखिने भएकी हुन् । शोमा अरोडाले नेपाली पोशाक र आभुषण ¥याम्पमा प्रस्तुत गर्नछिन् । 

पुस २९ देखि माघ १ गतेसम्म हुने एक्स्पोको अघिल्लो दिन अर्थात पुस २८ गते बिहीबार ज्वेलरी फेशन शो आयोजना हुन लागेको हो । त्यहाँ बलिउडकी अभिनेत्री अरोडा नेपाली पोशाक र गरगहनाका साथ र्याम्पमा उत्रिने मंगलबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो ।

कार्यक्रममा संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले टकिङ्ग नेपलिज ज्वेलरी ग्लोबली भन्ने मुख्य लक्ष्यका साथ कार्यक्रमको आयोजना गर्न लागेको र नेपालको गरगहना विदेशमा निर्यात गरी नेपाली अर्थतन्त्रमा सघाउ पुर्याउन एक्सपोको आयोजना गर्न लागेको जानकारी दिइन् ।  ज्वेलरी फेशन शोमा होटल याक एन्ड यतिमा साँझ ६ बजे  हुनेछ । शोमा निःशुल्क प्रवेश पाइने आयोजकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप