बिहीबार नेपाली र्याम्पमा देखिँदै बलिउड अभिनेत्री मलाइका
काठमाडौँ । बलिउड अभिनेत्री मलाइका अरोडा खानले नेपाली र्याम्प शोमा देखिने भएकी छन् । नेपाल रत्न तथा आभुषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा आयोजना गर्न लागेको चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा उनी र्याम्पमा देखिने भएकी हुन् । शोमा अरोडाले नेपाली पोशाक र आभुषण ¥याम्पमा प्रस्तुत गर्नछिन् ।
पुस २९ देखि माघ १ गतेसम्म हुने एक्स्पोको अघिल्लो दिन अर्थात पुस २८ गते बिहीबार ज्वेलरी फेशन शो आयोजना हुन लागेको हो । त्यहाँ बलिउडकी अभिनेत्री अरोडा नेपाली पोशाक र गरगहनाका साथ र्याम्पमा उत्रिने मंगलबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो ।
कार्यक्रममा संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले टकिङ्ग नेपलिज ज्वेलरी ग्लोबली भन्ने मुख्य लक्ष्यका साथ कार्यक्रमको आयोजना गर्न लागेको र नेपालको गरगहना विदेशमा निर्यात गरी नेपाली अर्थतन्त्रमा सघाउ पुर्याउन एक्सपोको आयोजना गर्न लागेको जानकारी दिइन् । ज्वेलरी फेशन शोमा होटल याक एन्ड यतिमा साँझ ६ बजे हुनेछ । शोमा निःशुल्क प्रवेश पाइने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण