स्वदेशमै रहेका नेपालीलाई विदेशमा लगानी गर्न राष्ट्र बैंकको रोक
काठमाडौं । स्वदेशमै रहेका नेपालीलाई विदेशमा लगानी गर्न राष्ट्र बैंकले रोक लगाएको छ । राष्ट्रबैंक अन्तर्गत विदेशी विनिमय व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।
विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा १० क ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही ऐनको दफा ९ ग ले राष्ट्र बैंकले तोकिएको व्यवस्था बमोजिमबाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिने सम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको पनि सूचनामा स्मरण गराइएको छ ।
राष्ट्र बैंकको सूचनामा ‘नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुने गरी कुनै पनि कार्यहरु जस्तैः विदेशमा घरजग्गा खरिन, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार (सो सम्बन्धी प्रचारप्रसार समेत) र यस बैंकले तोकिएको व्यवस्था बमोजिमबाहेक विदेशमा भुक्तानी हुने सम्बन्धी कार्य नगर्नु÷नगराउनु हुन’ भनिएको छ ।
त्यस्तो कार्य गर्ने÷गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने पनि राष्ट्र बैंकले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी निर्वाचनमा चमत्कार हुनेछ: महामन्त्री बुर्लाकोटी
-
बाँकेबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण