शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, २९ पुस २०७९, १८ : ३१
शुक्रबार, २९ पुस २०७९

काठमाडौँ ।  एनआईसी एशिया बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८÷७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ ।

 साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन÷थप गर्ने प्रस्ताव पनि पारित गरेको छ । सो सभाले कात्तिक २ मा सम्पन्न सञ्चालक समितिको ५७१ औं बैठकको निर्णयानुसार सर्वसाधारण शेयरधनी समूहको तर्पmबाट सञ्चालकमा केशवप्रसाद लम्साललाई नियुक्त गरेको निर्णयलाई अनुमोदन समेत गरेको छ ।

बैंक मुलुकमा सबैभन्दा धेरै बंैकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप