कुस्मा, गौर र ढल्केवरमा महालक्ष्मी लाइफको कार्यक्रम सम्पन्न
काठमाडौँ । पुस ४ गतेदेिख प्रारम्भ भएको “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम देशका विभिन्न भागमा सम्पन्न भएको छ । यसै क्रममा पर्वतको कुस्मा, रौतहटको गौर, धनुषाको ढल्केवर र सुनसरीको इटहरीमा यस सम्बन्धी तालिम कार्यक्रम सञ्चालन भएको छ । समाजमा पिछडिएर रहेका महिलाहरुलाई रोजगारी प्रदान गरी उनीहरुको आय बृद्धि गरि प्रोत्साहित गर्ने कार्यक्रमको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
पुस २२ गते सिप विकास तालिम केन्द्र कुस्माको सभाहलमा कार्यालय प्रमुख संतोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो । यसैगरी पुस २४ गते गौर नगरपालिकामा पनि कार्यक्रम सम्पन्न भएको छ । महिला नेतृ उमा झाको अध्यक्षतामा सम्पन्न महिला सशक्तिकरण कार्यक्रमममा स्वागत मन्तव्य कम्पनीका गौर प्रमुख राजेशकुमार साहले गरेका थिए । ६५ जनाको सहभागिता रहेको तालिम कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बजार बिभाग प्रमुख प्रशान्तराज धमलाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै प्रशिक्षण दिएका थिए ।
यसैगरी धनुषाको ढल्केवरमा पनि पुस २५ गते महिला सशक्तिकरण सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ । स्थानीय जनप्रतिनिधि र महिला समेत ११५ जनाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए भने पुस २६ गते इटहरीको आईटिसी इन्टरनेशनल ट्रेनिङ सेन्टरमा ४० जना महिलाहरुलाई रोजगारी र आय आर्जन सम्बन्धी तालिम प्रदान गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान