मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गीतकार संघ नेपालमा वसन्त वित्यासीको नेतृत्व

आइतबार, ०१ माघ २०७९, ११ : २९
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । गीतकार संघ नेपालमा गीतकार वसन्त बित्यासी थापाको नेतृत्वमा नयाँ कार्यसमिति आएको छ । शनिबार आयोजित संघको तेह्रौं साधारणसभा एवम् छैटौं अधिवेशनबाट थापाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । यसअघिको कार्यसमिीतमा उपाध्यक्ष रहेका थापा अहिले संघको अध्यक्षमा निर्विरोध तयन भएका हुन् ।

त्यस्तै संघको उपाध्यक्षमा रमेश कोइराला, महासचिवमा टीका राई (शिव), सचिवमा शितल कादम्बिनी र कोषाध्यक्षमा चेतव खतिवडा निर्विरोध निर्वाचित भएका हुन् । संघको सदस्यमा कमल पौडेल, जीवन मुकारुङ, सुरेन्द्र थपलिया, राधा पाण्डे गिरी, तिब्बतबहादुर दर्लामी, भगवती रोक्का (भूमिका) निर्विरोध निर्वाचित भएका छन् ।  प्रा.डा.कृष्णहरि बरालको नेतृत्वमा स्थापना भएको गीतकार संघ नेपालको अध्यक्षमा योगेन्द्रमीण दाहाल (दुई कार्यकाल), चूडामीण देवकोटा (दुई कार्यकाल), शुभ मुकारुङले एक कार्यकाल नेतृत्व गरिसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप