गीतकार संघ नेपालमा वसन्त वित्यासीको नेतृत्व
काठमाडौँ । गीतकार संघ नेपालमा गीतकार वसन्त बित्यासी थापाको नेतृत्वमा नयाँ कार्यसमिति आएको छ । शनिबार आयोजित संघको तेह्रौं साधारणसभा एवम् छैटौं अधिवेशनबाट थापाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । यसअघिको कार्यसमिीतमा उपाध्यक्ष रहेका थापा अहिले संघको अध्यक्षमा निर्विरोध तयन भएका हुन् ।
त्यस्तै संघको उपाध्यक्षमा रमेश कोइराला, महासचिवमा टीका राई (शिव), सचिवमा शितल कादम्बिनी र कोषाध्यक्षमा चेतव खतिवडा निर्विरोध निर्वाचित भएका हुन् । संघको सदस्यमा कमल पौडेल, जीवन मुकारुङ, सुरेन्द्र थपलिया, राधा पाण्डे गिरी, तिब्बतबहादुर दर्लामी, भगवती रोक्का (भूमिका) निर्विरोध निर्वाचित भएका छन् । प्रा.डा.कृष्णहरि बरालको नेतृत्वमा स्थापना भएको गीतकार संघ नेपालको अध्यक्षमा योगेन्द्रमीण दाहाल (दुई कार्यकाल), चूडामीण देवकोटा (दुई कार्यकाल), शुभ मुकारुङले एक कार्यकाल नेतृत्व गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण