शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्र बैंकले मंगलबार ५ अर्ब २० करोडको ट्रेजरी बिक्री गर्ने

सोमबार, ०२ माघ २०७९, ११ : ३३
सोमबार, ०२ माघ २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बिक्री गर्ने भएको छ । सरकारले सोमबार सार्वजनिक बिदा दिएसँगै केन्द्रीय बैंकले ट्रेजरीको मंगलबार नै बोलकबोल गरेर सोही दिन बिक्री गर्ने भएको हो । 

बैंकका अनुसार दिउँसो २ बजे ट्रेजरी बिलको बोलकबोल हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको समय सीमा भित्र तोकिएको रकमका लागि आवेदन दिन सक्नेछन् । यद्यपि, उक्त ट्रेजरी राष्ट्र बैंकले नवीकरण गर्न लागेको हो ।

५ अर्ब २० करोड रुपैयाँको ट्रेजरीको पुनः ९१ दिनको नवीकरण हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप