लोकप्रिय बन्दै रोहितको ‘सान्बाबु’
सोमबार, ०२ माघ २०७९, १२ : ५७
काठमाडौँ । गीतकार रोहित घिमिरेको नयाँ गीत ‘सान्बाबु’ सांगीतिक बजारमा लोकप्रियताको शिरमा चढ्दो छ । केही दिन अगाडि सार्वजनिक यो गीतमा एक युगल जोडिको प्रेम शब्दमा बुनिएका छन् । एक दशकदेखि गीत लेखन गर्दै आएका गीतकार घिमिरेको यस गीतमा संगीत सिएल शर्माले दिएका छन्, भने स्वर गायिका प्रतिमा केसी र गायक प्रबिण बेडवालको छ । गीतको एरेन्ज सञ्जीव बराईलीले गरेका हुन् ।
प्रकाश धिताल निर्देशित गीतको भिडियोमा केकी अधिकारी र उमेश भट्टको रोमान्स देख्न सकिन्छ । उत्सव दाहालले छायाङ्कन गरेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् । गीतकार अधिकारीका यस अगाडि करिब ३ दर्जन बढी गीतहरु बजारमा आएका छन् । जसमा अञ्जु पन्त, रचना रिमाल, अस्मिता अधिकारी, प्रतिमा केसी, प्रवीण बेडवाल, रवि शर्मा, शिव परीयार, प्रताप दास, प्रमोद खरेललगायतका गायक गायिकाले स्वर दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण