शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकप्रिय बन्दै रोहितको ‘सान्बाबु’

सोमबार, ०२ माघ २०७९, १२ : ५७
सोमबार, ०२ माघ २०७९

काठमाडौँ । गीतकार रोहित घिमिरेको नयाँ गीत ‘सान्बाबु’ सांगीतिक बजारमा लोकप्रियताको शिरमा चढ्दो छ । केही दिन अगाडि सार्वजनिक यो गीतमा एक युगल जोडिको प्रेम शब्दमा बुनिएका छन् ।  एक दशकदेखि गीत लेखन गर्दै आएका गीतकार घिमिरेको यस गीतमा संगीत सिएल शर्माले दिएका छन्, भने स्वर गायिका प्रतिमा केसी र गायक प्रबिण बेडवालको छ । गीतको एरेन्ज सञ्जीव बराईलीले गरेका हुन् । 

प्रकाश धिताल निर्देशित गीतको भिडियोमा केकी अधिकारी र उमेश भट्टको रोमान्स देख्न सकिन्छ । उत्सव दाहालले छायाङ्कन गरेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् । गीतकार अधिकारीका यस अगाडि करिब ३ दर्जन बढी गीतहरु बजारमा आएका छन् । जसमा अञ्जु पन्त, रचना रिमाल, अस्मिता अधिकारी, प्रतिमा केसी, प्रवीण बेडवाल, रवि शर्मा, शिव परीयार, प्रताप दास, प्रमोद खरेललगायतका गायक गायिकाले स्वर दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप