बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेस प्रदेशमा सिटिजन्स बैंकका थप २ शाखा

सोमबार, ०२ माघ २०७९, १७ : ०४
सोमबार, ०२ माघ २०७९

काठमाडौँ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा मधेस प्रदेशमा थप दुईवटा शाखा स्थापना गरेको छ । बैंकले आफ्नो १८१ औँ तथा १८२ औँ शाखा मधेस प्रदेश अन्तर्गत सर्लाहीको बरहथवामा र वीरगन्जको कृष्ण प्रणामी चोक गरी थप २ वटा शाखाहरू सञ्चालनमा ल्याएको हो ।

यससँगै मधेस प्रदेशको सबै जिल्लामा यस बैंकको उपस्थिति पुगेर जम्मा २९ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, १३५ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट  करिब १५ लाख २१ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप