शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानगुन : पृथ्वीको बनावटलाई कति भागमा विभाजन गरिएको छ ?

बुधबार, ०४ माघ २०७९, ११ : १९
बुधबार, ०४ माघ २०७९

१, सैपाल हिमाल कुन जिल्लामा पर्छ ?
(क) जुम्ला (ख) बझाङ (ग) डोटी (घ) हुम्ला
२, पुरुष टी–२० एसियन क्रिकेट सन् २०२२ को उपाधि विजेता राष्ट्र कुन हो ?
(क) श्रीलङ्का (ख) पाकिस्तान (ग) भारत (घ) बङ्गलादेश
३, सार्क राष्ट्रमा कुन व्यक्तित्व  गुरुदेव भनेर चिनिन्छन् ?
(क) योगी नरहरिनाथ (ख) स्वामी विवेकानन्द (ग) रवीन्द्रनाथ टैगोर (घ) विनोवा भावे 
४, नेपाल संवतको थालनी कसले गरेका हुन् ?
(क) प्रताप मल्ल (ख) श्रीनिवास मल्ल (ग) यक्ष मल्ल (घ) शङ्खधर साख्व
५, ब्रेल लिपिका आविष्कारक लुई ब्रेलको जन्म कहाँ भएको हो ?
(क) फ्रान्स (ख) जर्मनी (ग) इटाली (घ) बेलायत
६, नेपालमा भुओ पर्वको प्रचलन कुन जिल्लामा रहेको छ ?
(क) जुम्ला (ख) हुम्ला (ग) कालिकोट (घ) मुगु 
७, गाईको प्रतिमा सहितको स्तम्भ कुन जिल्लामा निर्माण गरिएको छ ?
(क) सुनसरी (ख) मोरङ (ग) उदयपुर (घ) धनकुटा
८, पृथ्वीको बनावटलाई कति भागमा विभाजन गरिएको छ ?
(क) तीन (ख) चार (ग) पाँच (घ) छ 
९, विश्वमा सबैभन्दा बढी अलैँची उत्पादन गर्ने देश कुन हो ?
(क) भारत (ख) पाकिस्तान (ग) नेपाल (घ) श्रीलङ्का
१०, जिभ्रो भएर पनि आवाज निकाल्न नसक्ने जनावर कुन हो ?
(क) जिराफ (ख) जरायो (ग) खरायो (घ) चित्तल
११, नेपालमा सर्वप्रथम कमलरी मुक्त भएको जिल्ला कुन हो ?
(क) प्युठान (ख) दाङ (ग) बर्दिया (घ) बाँके

उत्तरहरू
१–(ख), २–(क), ३–(ग), ४–(घ), ५–(क), ६–(ख), ७–(ग), ८–(क), ९–(ग), १०–(क), ११–(ख)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप