सोमबार, १७ मङ्सिर २०८१
ताजा लोकप्रिय

सांसद खतिवडाको नियमापत्ति : हत्या अभियोग लागेका सांसदलाई पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण

बिहीबार, ०५ माघ २०७९, १२ : २५
बिहीबार, ०५ माघ २०७९

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका सांसद संसद भवन आएको भन्दै गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन्  । 

बिहीबार सभामुखको निर्वाचनको कार्यक्रम सुरू हुनुअघि उनले सभाध्यक्षको ध्यानाकर्षण गराउँदै हत्या अभियोग लागेका सांसदलाई सभामुखको निर्वाचनमा सहभागी नगराउन माग गरेका हुन् । 

उनले त्यस्ता सांसदलाई पक्राउ गरी सदनलाई जानकारी गराउन पनि माग गरेका छन् । एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोमाथि हत्या अभियोग लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप