बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

किन लेखे मोडल विजय पुनले मर्न मन लागेको छ ?

बिहीबार, ०५ माघ २०७९, १५ : ३५
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । मोडल विजय पुनले आफूले आत्महत्या प्रयास नगरेको बताएका छन् । सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले यस विषयमा स्पष्ट पारेका हुन् ।

‘सबैले साथ छोड्दा, त्यति दुःखमा हुँदा त मर्ने कोसिस गरिन । अहिले सुख, खुसी भएको बेलामा किन त्यस्तो गर्नु  । मेरो आइडी ह्याक भएको छ । पैसा माग्ने त्यस्तो कुनै एसएमएस आयो भने ट्रष्ट नगर्नु होला’ उनले लेखेका छन् । 

विजयको यो स्टाटस भन्दा करिब एक घण्टा पहिले उनकै फेसबुकमा आत्महत्या गर्न लागेको मनसायको स्टाटस पोष्ट गरिएको थियो । उक्त पोष्टमा भनिएको थियो, ‘धेरै कुराबाट थाके आमा । रुदै सबै कुराको समाधान पनि हुँदैन । जन्मदिन आउन दुई दिन बाँकी छ । जन्मभन्दा पनि बढी मर्न मन लागेको छ । कतै झुकिएर मबाट यो गल्ती भयो भने मलाई कहिलै नसराप्नु है आमा ।’

उनको यो पोष्टपछि सामाजिक सञ्जालमा हल्लाखल्ला भएको थियो । पुन पछिल्लो लोक तथा आधुनिक गीतमा बाक्लै देखिने मोडल हुन् ।

b 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप