किन लेखे मोडल विजय पुनले मर्न मन लागेको छ ?
काठमाडौँ । मोडल विजय पुनले आफूले आत्महत्या प्रयास नगरेको बताएका छन् । सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले यस विषयमा स्पष्ट पारेका हुन् ।
‘सबैले साथ छोड्दा, त्यति दुःखमा हुँदा त मर्ने कोसिस गरिन । अहिले सुख, खुसी भएको बेलामा किन त्यस्तो गर्नु । मेरो आइडी ह्याक भएको छ । पैसा माग्ने त्यस्तो कुनै एसएमएस आयो भने ट्रष्ट नगर्नु होला’ उनले लेखेका छन् ।
विजयको यो स्टाटस भन्दा करिब एक घण्टा पहिले उनकै फेसबुकमा आत्महत्या गर्न लागेको मनसायको स्टाटस पोष्ट गरिएको थियो । उक्त पोष्टमा भनिएको थियो, ‘धेरै कुराबाट थाके आमा । रुदै सबै कुराको समाधान पनि हुँदैन । जन्मदिन आउन दुई दिन बाँकी छ । जन्मभन्दा पनि बढी मर्न मन लागेको छ । कतै झुकिएर मबाट यो गल्ती भयो भने मलाई कहिलै नसराप्नु है आमा ।’
उनको यो पोष्टपछि सामाजिक सञ्जालमा हल्लाखल्ला भएको थियो । पुन पछिल्लो लोक तथा आधुनिक गीतमा बाक्लै देखिने मोडल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
-
पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण