काभ्रेपलाञ्चोकमा बृहत् खेलकुद महोत्सव हुँदै

काभ्रे । काभ्रेपलाञ्चोकमा यही माघ २० गतेदेखि बृहत् खेलकुद महोत्सव सञ्चालन हुने भएको छ । जिल्ला समन्वय समिति काभे्रपलाञ्चोक र जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा खेलकुद महोत्सवसम्बन्धी समन्वयात्मक छलफल भएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले जानकारी दिए ।
महोत्सवमा कम्तीमा १२ वटासम्म विधाका खेल समावेश गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइवाले जानकारी दिए । उनका अनुसार महोत्सवमा सहभागी खेलाडीलाई खाना तथा बस्ने व्यवस्था आयोजकले गर्नेछ । टिम दर्ताका लागि सबै खेलका लागि रु दुई हजारका दरले शुल्क लाग्नेछ र सबै विधाका खेलमा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु २० हजार र तेस्रोलाई रु १० हजार नगद पुरस्कार उपलब्ध गराउने आयोजकले जनाएको छ ।
जिसस प्रमुख गौतमले खेलकुदसँग सम्बन्धित सबै संयन्त्रलाई जिल्लामा आयोजित खेलकुद महोत्सवमा जुट्न आह्वान गरेका छन् । उनले जिल्लामा सञ्चालन गरिने यस्ता खेल महोत्सवबाट नयाँ र कर्मशील खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताए । महोत्सव उद्घाटन पनौतीको क्षेत्रीय रङ्गशालाबाट गरिने र धुलिखेल, बनेपा र पनौतीमा खेलाइने समेत गौतमले बताए ।
खेल महोत्सवका लागि खर्च तथा बजेट जिल्लाभित्रैबाट व्यवस्थापन गरिने र रु ५० लाख लागतको अनुमान गरिएको आयोजकले जनाएको छ । माघ ९ गतेसम्म टिम दर्ताको मिति तय भएको र आवाश्यकतानुसार खेलका विधा थप्न सकिने पनि आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईएमएफले भन्यो–श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत देखियो
-
नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस
-
रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक
-
असहाय तथा विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क शय्या उपलब्ध गराउन मन्त्रालयको निर्देशन
-
प्रोभिडेन्ट मर्चेन्ट बैंकिङको चुक्तापुँजी पुग्यो ८ करोड
-
बागमती प्रदेशसभा : नीति तथा कार्यक्रम पारित