रोबोट र मान्छे
शनिबार, ०७ माघ २०७९, ११ : ३०

क्रान्तिकारी विज्ञानको सहरमा
भागदौड थियो रोबोटको
आफ्नै उद्देश्य बोकेर
एकसुरले दौडिएको थियो त्यो
कसैसँग थिएन त्यसको कुनै चिनाजान
भागदौड गर्दा गर्दै
चल्यो एकदिन महाब्याधि
त्यो महाब्याधिमा
रोकियो रोबोटको गति
गतिहीन रोबोट
बल्ल देख्न थाल्यो
त्यही बाटोका सहयात्री रोबोटहरु
महसुस गर्न थाल्यो
तिनीहरुका पीडा
मलहम दल्दै घाउमा
बाँड्न थाल्यो सुखदुःख
चम्किएको त्यो महाब्याधिमा
खडा भयो आकाशमुन्तिर
त्यसरी एउटा सभ्यता
त्यही सभ्यताको संसर्गमा
गर्भधारण गरे रोबोटहरुले
र त्यही महाब्याधिमा जन्मिए
“मान्छेहरु”
विज्ञानको सहरमा
बेला बेला यसरी नै चम्किन्छ
महाब्याधि अनि त्यो महाब्याधिले
हत्या गर्छ रोबोटहरुको
र, जाँदा जाँदै
पुनर्जीवित गरेर जान्छ
मानव सभ्यता ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशसँग नेपाल पराजित
-
नयाँ ग्यालेक्सी एस २३ सिरिज फोनका साथ तपाईंको प्यासनलाई अघि बढाउनुहोस् : अब नेपालमा पनि खुल्यो प्रि–अर्डर
-
अब बजेट रकमान्तर रोक्छौं : अर्थमन्त्री पौडेल
-
बजेट रकमान्तर गर्न गण्डकी सरकारद्वारा ऐन संशोधन प्रस्ताव टेबल
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष १० समाचार
-
छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि हुने