शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कप्तान रुविनाले फेयर ब्रेक खेल्ने

शनिबार, ०७ माघ २०७९, ११ : ५५
शनिबार, ०७ माघ २०७९

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले दोस्रो संस्करणको फेयर ब्रेक इन्भिटेसनल खेल्ने भएकी छन् । नेपाली टोलीकी मुख्य खेलाडीको रुपमा रहेकी रुविनाले हङकङमा हुने टी–ट्वान्टी लिग खेल्ने भएकी हुन् ।

उनलाई दी बार्मी आर्मीले रिटेन गरेको हो ।  नयाँ सिजनका लागि टिम तयार गर्दा दी बार्मी आर्मीले रुविनालाई समेटेको छ । गत संस्करणमा रुविनाले धेरै खेलमा मौका पाएनन् । आगामी अप्रिल ३ देखि १६ सम्म हुन प्रतियोगितामा नेपाली टोलीकी खेलाडी सीता राना मगरले पनि खेल्ने छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप