शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टस जितेर के गर्ने भन्ने नै बिर्से कप्तान रोहित शर्माले, भिडियो भाइरल

शनिबार, ०७ माघ २०७९, १४ : ४१
शनिबार, ०७ माघ २०७९

रायपुर । छत्तीसगढको रायपुरमा भारत र न्यूजिल्याण्डबीचको दोस्रो एकदिवसीय खेलको टसका क्रममा भारतीय कप्तान रोहित शर्मासँग यस्तो घटना भयो, जसपछि उनको सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ । 

टसको समयमा शर्मा रवि शास्त्री, जाभागल श्रीनाथ र न्यूजिल्याण्डका कप्तान टम लाथमसँगै मैदानमा थिए। रोहित शर्माले सिक्का टस गरेर टस पनि जिते । तर उनले बलिङ वा ब्याटिङ रोज्ने भन्ने बिर्सिए। उनले निधारमा हात राखेर केही सेकेन्ड सोचेको पनि देखियो । उनी केही समय अड्किए र त्यसपछि ‘बलिङ’ रोजे।

यो घटनामा रवि शास्त्री, जवागल श्रीनाथ र टम लाथम पनि हाँसेका थिए । बीसीसीआईले आफ्नो ट्विटर ह्यान्डलमा पनि यो भिडियो सेयर गरेको छ । अहिले  शर्माको यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा मिम्सको बाढी आएको छ । एक प्रयोगकर्ताले विराट कोहलीको पुरानो भिडियो सेयर गरेका छन् जसमा उनले रोहित शर्माले धेरैजसो कुरा बिर्सने गरेको बताएका छन् । यसैबीच, केही प्रयोगकर्ताहरूले रोहित शर्मालाई फिल्म 'गजनी' मा आमिर खानको चरित्रसँग तुलना गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप