बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अन्जनले भारतको आई लिगमा मुम्बईबाट खेल्ने

शनिबार, ०७ माघ २०७९, १९ : १६
शनिबार, ०७ माघ २०७९

काठमाडौँ । अन्जन विष्ट भारतको आई लिग क्लब मुम्बई केन्क्रे एफसीमा अनुबन्धित भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जनलाई आई लिग क्लबले  यस सिजनको अन्तिम सम्मका लागि अनुबन्ध गरेको हो ।

लिगका  लागि अन्जन शनिबार मुम्बई प्रस्थान गरेका छन् । अन्जनले पहिलो पटक नेपाल बाहिरको लिग खेल्न लागेका हुन् । अन्जन यसै वर्ष नवप्रवेशी ‘ए’ डिभिजन लिग क्लब चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका थिए ।

‘अन्जन आई लिगमा अनुबन्ध भएका छन् । उनी लिग सकिएपछि पुन क्लबमा फर्किनेछन्,’ चर्च ब्वाइजका एक पदाधिकारीले भने । आईलिग मार्चमा सकिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप