बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चमेलिया किनारमा महिलाको शव भेटियो

शनिबार, ०७ माघ २०७९, २० : १०
शनिबार, ०७ माघ २०७९

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका—९ चमेलिया नदी किनारमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । शनिबार अपराह्न गोकुलेश्वरस्थित चमेलिया नदी किनारमा अन्दाजी २६ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार शैल्यशिखर नगरपालिकाको भवन पछाडि चमेलिया नदी किनारमा महिलाको शव डुबेको अवस्थामा फेला परेको हो । अपराहृन ४ बजेतिर चमेलिया नदी किनारमा डुबेको अवस्थामा शव फेला परेको इप्रका गोकुलेश्वका इन्चार्ज वीरेन्द्रसिंह थापाले बताए । शवको पहिचान हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप