शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर बारको अध्यक्षमा श्रेष्ठ विजयी

शनिबार, ०७ माघ २०७९, २२ : ४५
शनिबार, ०७ माघ २०७९

ललितपुर । ललितपुर बार एशोसिएशनको अध्यक्षमा गणतान्त्रिक, प्रगतिशील, पेशागत कानून समूहबाट उम्मेदवार राम श्रेष्ठ विजयी भएका छन् । विजयी श्रेष्ठले चार सय १९ मत प्राप्त गरे भने प्रतिस्पर्धी बृहत् प्रगतिशील, पेशागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट अध्यक्षका उम्मेदवार शशीकुमार कार्कीले एक सय ७० मत प्राप्त गरेका निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनले जानकारी दिए ।

उपाध्यक्षमा गणतान्त्रिक समूहबाटै बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रिता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जन विजयी भए । महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की खुल्ला निर्वाचित हुनुभयो भने सदस्यमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, विपना योगी विजयी भएका छन् ।

 नयाँ कार्यसमितिको निर्वाचनका लागि आज बिहान ८ बजेदेखि  मतदान सुरु भई ४ बजे सम्पन्न भएको थियो । कूल आठ सय १२ मतदाता रहेकोमा छ सय मत खसेको थियो । १५ सदस्यीय  कार्यसमितिकोे अवधि दुई वर्षको हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप