बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायली सैनिकद्वारा प्यालेस्टिनीको हत्या

आइतबार, ०८ माघ २०७९, १४ : ५८
आइतबार, ०८ माघ २०७९

रामल्लाह । वेस्ट बैंकको रामल्लाह सहरनजिक इजरायली सुरक्षा गार्डलाई छुरा प्रहार गर्ने प्रयास गर्दा शनिबार इजरायली सेनाले एक प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् ।

शहरको उत्तरपश्चिममा ४२ वर्षीय तारिक माली मारिएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जानकारी दिएको छ ।  उनको शवलाई इजरायली सुरक्षाले नियन्त्रणमा राखेको जानकारी दिइएको थियो । विज्ञप्तिमा घटनाबारे थप विवरण दिइएको छैन ।

चक्कु बोकेका एक प्यालेस्टिनीले इजरायली सुरक्षा गार्डलाई छुरा प्रहार गर्ने प्रयास गरेका र  यसैबीच, यस क्षेत्रमा इजरायली सैनिकहरुले प्यालेस्टिनी व्यक्तिलाई गोली हानेको इजरायली सञ्चार माध्यमले जानकारी दिएको छ । 

जनवरीको सुरुदेखि नै इजरायली र प्यालेस्टिनीबीच तनाव बढ्दै गएको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार जनवरी १ देखि इजरायली सैनिकहरुले करिब २० प्यालेस्टाइनीको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन् । (रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप