आठ हजार वर्षअघि मानिसले दूध पिउन थालेपछि उचाइ बढ्न थालेको अनुसन्धानको खुलासा
आइतबार, ०८ माघ २०७९, १५ : २१

आठ हजार वर्षअघि मानिसले दूध पिउन थालेपछि उनीहरुको उचाइ बढ्न थालेको एक अनुसन्धानले खुलासा गरेको छ ।
८,००० वर्ष पुरानो कंकालको एक नयाँ अध्ययनले मानिसहरुले दूध पिउन सुरु गरेपछि उनीहरुको उचाइ बढ्न थालेको निष्कर्ष निकालेको छ ।
यो निष्कर्षमा पुग्न क्यानडाको वेस्टर्न ओन्टारियो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले तीन हजारभन्दा बढी कंकालको अध्ययन गरेका थिए ।
आठ हजार वर्षअघि जब मानिसको एक समूहले ल्याक्टोज खान थाले तब उनीहरूको उचाइ बढ्न थालेको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् ।
अनुसन्धानकर्ताका अनुसार युरोपका केही भागमा मानिसको उचाइमा त्यति नै बेला वृद्धि भयो जब डेयरी उत्पादन आफ्नो प्रारम्भिक अवस्थामा थियो ।
दूध पिउँदा मानिसको पोषणमा पनि वृद्धि भयो र यसैकारण मानिसको उचाइ बढ्न थाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशसँग नेपाल पराजित
-
नयाँ ग्यालेक्सी एस २३ सिरिज फोनका साथ तपाईंको प्यासनलाई अघि बढाउनुहोस् : अब नेपालमा पनि खुल्यो प्रि–अर्डर
-
अब बजेट रकमान्तर रोक्छौं : अर्थमन्त्री पौडेल
-
बजेट रकमान्तर गर्न गण्डकी सरकारद्वारा ऐन संशोधन प्रस्ताव टेबल
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष १० समाचार
-
छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि हुने