बक्सिङमा नेपालकी सुस्मालाई ऐतिहासिक सफलता
आइतबार, ०८ माघ २०७९, २१ : ५८
काठमाडौं । थाइल्यान्डमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा नेपालकी सुस्मा तामाङले ऐतिहासिक सफलता पारेकी छन् ।
बैंककमा आइतबार भएको महिला ४८ केजी तौल समूहको सेमिफाइनलमासुस्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनल पुगेकी हुन् ।
फाइनल प्रवेश गरेसँगैसुस्माले रजत पदक पक्का गरेकी छिन् । अब स्वर्ण पदककासुस्माले उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खेल्ने छिन् ।
फाइनल खेल बुधबार हुनेछ । त्यसै गरी उमन फेदर वैट ५७ किलो तौल समुहमा आज भएको अर्को खेलमा भने नेपालका हेमा राई मंगोलियाका बत्तुर जोल्जारगलसंग ५ः० अंकको आधारमा पराजय भोग्दै कांस्य पदकमै सीमित रहेका छन् ।
यसअघि हेमा राईले सिंगापुरका खेलाडीलाई ५ः० अंकको आधारमा पराजित गर्दै सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल रहेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
-
राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक
-
प्रतिनिधि सभा बैठक |LIVE||
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण