मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आईएमई जनरल इन्स्योरेन्सको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

सोमबार, ०९ माघ २०७९, १६ : ४४
सोमबार, ०९ माघ २०७९

काठमाडौँ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सोमबार काठमाडौँमा सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराएका थिए । 

अध्यक्ष ढकालले २४औँ साधारण सभामा गरिएको भवन निर्माणको प्रतिबद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा वर्षमा कम्पनीको पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने पनि जानकारी गराए । 

त्यसै गरी कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आवमा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै सेवामा विविधता र शाखा रहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने जानकारी दिएका छन् । 

देशमा विद्यमान आर्थिक तथा राजनैतिक अवस्थाको बाबजुद पनि कम्पनीले गत वर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा प्रिमियम सङ्कलनमा वृद्धि हासिल गरेको जानकारी गराउँदै कम्पनीले २५औँ साधारण सभा समक्ष पेस गरेको सबै साधारण तथा विशेष प्रस्तावहरू सभाले स्वीकृत गरेकोमा सबै सेयर धनीहरूलाई धन्यवाद व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप