शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई जनरल इन्स्योरेन्सको २५ औँ वार्षिक साधारणसभा सम्पन्न

सोमबार, ०९ माघ २०७९, १७ : २९
सोमबार, ०९ माघ २०७९

काठमाडौँ । आइएमई जनरल इन्स्योेरेन्सको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार सम्पन्न साधारणसभामा अध्यक्ष हेमराज ढकालले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए ।  सभामा अध्यक्ष ढकालले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराए । 

अध्यक्ष ढकालले २४ औँ साधारण सभामा गरिएको भवन निर्माणको प्रतिबद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा वर्षमा कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको बताए ।  निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने पनि जानकारी गराए ।  

त्यसैगरी कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आ.व.मा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै सेवामा विविधता र शाखारहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने जानकारी गराए ।   देशमा विद्यमान आर्थिक तथा राजनैतिक अवस्थाको वावजुत पनि कम्पनीले गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको उनले जानकारी गराए । 

यस्तै कम्पनीले २५ औँ साधारणसभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले स्वीकृत गरेकोमा सबै शेयर धनीहरुलाई धन्यवाद व्यक्त गरे ।  कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २५ औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारीहरुको टिमको सहयोगबाट कम्पनी अघि बढिरहेको जानकारी गराए । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गर्दै लगानीकर्ताहरुको भावना र सञ्चालक समितिको निर्देशन बमोजिम अगाडी बढिरहेको समेत सभालाई जानकारी गराए  ।

कम्पनीले आ.व. २०७७/७८ मा रु. १ अर्ब ५२ करोड ११ लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा रु. १ अर्ब ७७ करोड १६ लाख बीमा शुल्क आर्जन गरेको छ । जुन गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा शुल्क वृद्धि भएको छ भने चालु आ.व.को पौष मसान्तसम्ममा कम्पनीले कूल ९० करोड २५ लाख बीमा शुल्क आर्जन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप