शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका प्रबन्धक पक्राउ

सोमबार, ०९ माघ २०७९, १८ : १६
सोमबार, ०९ माघ २०७९

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका प्रबन्धक पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रबन्धक पूर्ण प्रसाद चुडाललाई पक्राउ गरेको हो । 

उनलाई घूसबापतको रकमसहित कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । प्रबन्धक चुडालको साथबाट १ लाख ५० हजार घुस रस्रोत नखुलको थप ८ लाख बरामद भएको जनाइएको छ । 

सोमबार पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको भण्डारीले जानकारी दिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप