बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा कफी उत्पादनमा ५० प्रतिशत कमी

सोमबार, ०९ माघ २०७९, १८ : ३१
सोमबार, ०९ माघ २०७९

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ सहायक जित चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित नेपालको कफी उत्पादन सम्बन्धी गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका हुन् ।

उनले पछिल्लो १० वर्षको तुलनामा नेपालमा कफी खेती बढेपनि उत्पादन भने ५० प्रतिशतले घटेको अनुसन्धानले देखाएको बताए । उनले नेपालको कफी उत्पादन ६ केजी प्रतिहेक्टर भएपनि अन्यदेशको तुलनामा अत्यन्तै कम भएको बताए । उनले नेपालमा अब व्यापार तथा निर्यातभन्दा पनि उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । उनले नेपालमा कफीको उत्पादन बढाउनको लागि बाहिरी देशबाट नयाँ प्रजातिको बीउ ल्याएर वा कफी खेतीमा सुधार गरी उत्पादन वृद्धि गर्नुपर्ने बताए ।  

उनले नेपालमा कफी खेती धेरै भएपनि कम उत्पादन हुनुमा नेपालमा भएको कफीको वंशाणुगत गुणहरु वर्षैपिच्छे कम हुँदै जानु रहेको बताए । उनले नेपालमा उच्च किसिमको उत्पादन दिने जातको कफी पनि नभएको बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप