टेकु अस्पताल निर्माणका क्रममा स्वास्थ्य सेवा प्रभावित हुनुहुँदैन : स्वास्थ्य मन्त्री गिरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल निर्माण गर्ने क्रममा स्वास्थ्य सेवा प्रभावित हुन नहुने बताएका छन् । शुक्रराज ट्रपिल तथा सरुवारोग अस्पतालको ८९ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री गिरीले ३०० शैय्याको अस्पताल निर्माण गर्दा उपयुक्त स्थानबाट सेवा अगाडि बढाउने प्रबन्ध मिलाउन आग्रह गरेका हुन् ।
अस्थायीरुपमा स्वास्थ्य सेवा अगाडि बढाउन आवश्कताका आधारमा मन्त्रालय सहयोग गर्न तयार रहेको उनको भनाइ छ । ‘३०० वेडको अस्पताल निर्माण गर्न लागिए पनि यो प्रयाप्त छैन । अझै क्षमता बढाएर ५०० शैय्या पुर्याउनुपर्छ,’ उनले भने ।
सन् १९९० को भूकम्प पश्चात्को महामारीमा स्थापना भएको अस्पतलले इतिहासको पानामा नाम लेख्न सफल भएको उनले बताए । २०७६ सालपछि कोरोनाकालमा अस्पतालले सफलतापूर्वक काम गरेको उनको भनाइ छ । ‘महमारीकाकालमा शुक्रराज अस्पतालका स्वास्थ्यकर्मीले उच्च मनोबलकासाथ काम गरी उदारहणीय बन्नुभयो महामारीकालको अग्नि परीक्षामा सफल भए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा अनुचित सम्झौता हुँदैन : प्रचण्ड
-
एप र आउटलेटलाई विस्तार गर्दै क्लासिक टेक
-
बजेटमा बागमती : सुरुङ मार्गदेखि रेल मार्गसम्मका योजना
-
श्रोत सुनिश्चित नहुँदा आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण : चेम्बर
-
रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता, भोलि पेसी
-
गाँजा खेतीको सम्भावनाको अध्ययन गर्ने योजना सकारात्मक–चेम्बर