नेप्से परिसूचक ८.१४ अंकले वृद्धि

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । मंगलवार नेप्से परिसूचक ८.१४ अंक बढेर २१७३.२४ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.५३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ इण्डेक्स ०.५० अंकले बढेको छ।
मंगलवार कारोबारमा आएका २४८ कम्पनीको ८३ लाख कित्ता शेयर ३ अर्ब ३२ लाख ३० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन करिव ४ करोडको शेयर खरिदबिक्री भएको थियो ।
मंगलवार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक २.५१ अंक बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यता लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक घटेको छ ।
मंगलवार नेप्से परिसूचक सामान्य अंकले बढेसँगै सानिमा जिआईसी इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,सूर्योदय लघुवित्त र शिवश्री हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यता, मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५.४८ प्रतिशत घटेको छ । आज नेपाल टेलिकमकोे करिब १३ करोडको शेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशसँग नेपाल पराजित
-
नयाँ ग्यालेक्सी एस २३ सिरिज फोनका साथ तपाईंको प्यासनलाई अघि बढाउनुहोस् : अब नेपालमा पनि खुल्यो प्रि–अर्डर
-
अब बजेट रकमान्तर रोक्छौं : अर्थमन्त्री पौडेल
-
बजेट रकमान्तर गर्न गण्डकी सरकारद्वारा ऐन संशोधन प्रस्ताव टेबल
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष १० समाचार
-
छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि हुने