मनोज पाण्डे कम्तीमा ३ वर्ष जेल जाने, काठमाडौं जिल्ला अदालतले गर्यो मानव बेचबिखनमा समेत दोषी ठहर

काठमाडौं । मानव बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दा खेपिरहेका कन्सल्टेन्सी व्यवसायी मनोज कुमार पाण्डे कम्तीमा ३ वर्ष जेल जाने भएका छन् । काठमाडौं जिल्ला अदालतले मानव बेचबिखनको मुद्दामा समेत पाण्डेलाई दोषी ठहर गरेपछि उनी कम्तीमा तीन वर्ष जेल जाने भएका हुन् ।
२०७० सालमा एक किशोरीलाई बाल यौन दुरुपयोग तथा विभिन्न स्थानमा लगी शारीरिक शोषण गरेको अभियोगमा सरकारले पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दा दायर गरेको थियो । गत जेठ महिनादेखि थुनामा रहेका पाण्डेलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार मंगलबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई दुवै कसुरमा दोषी ठहर गरेका हुन् । इजलासले पाण्डेविरुद्धको बाल यौन दुरुपयोगमा ६ महिनाको कैद, पाँच हजार रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । त्यसैगरी मानव बेचबिखनको मुद्दामा समेत पाण्डे दोषी ठहर भएका छन् । दोषी ठहर भएपनि सजाय निर्धारणका लागि भने माघ २३ गतेको पेशी तोकिएको छ ।
फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ दफा ८ र ९ अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा छुट्टै सुनुवाइको व्यवस्था गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार सजाय निर्धारणका लागि माघ २३ गते पेशी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशसँग नेपाल पराजित
-
नयाँ ग्यालेक्सी एस २३ सिरिज फोनका साथ तपाईंको प्यासनलाई अघि बढाउनुहोस् : अब नेपालमा पनि खुल्यो प्रि–अर्डर
-
अब बजेट रकमान्तर रोक्छौं : अर्थमन्त्री पौडेल
-
बजेट रकमान्तर गर्न गण्डकी सरकारद्वारा ऐन संशोधन प्रस्ताव टेबल
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष १० समाचार
-
छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि हुने