बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेस मधेस प्रदेश समितिले चुनावको समीक्षा गरी केन्द्रमा पाउने

बुधबार, ११ माघ २०७९, ०७ : ३२
बुधबार, ११ माघ २०७९

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश समितिले मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा चुनावका बारेमा समीक्षा गर्ने निर्णय गरेको छ।  मंगलबार जनकपुरमा बसेको प्रदेश समितिले समीक्षामा जिल्लाबाट प्राप्त हुने सल्लाह र सुझावअनुसार प्राप्त प्रतिवेदन समायोजन गरी कार्यान्वयनका लागि केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको हो। 

निर्वाचनमा पार्टीका विधान र निर्देशिकाविपरीत गतिविधि गरेका कार्यकर्ताको प्रमाण संकलन गरी अनुशासनको कारबाहीको लागि प्रदेश अनुशासन समितिलाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताले जानकारी दिए।

यस्तै, मातहतको संगठनलाई प्रभावकारी बनाउन प्रादेशिक वार्षिक क्यालेण्डर तर्जुमा गरी मतहतका सांगठनिक निकायहरुलाई परिचालन गर्ने र विभिन्न राजनीकि दल परित्याग गरेर आएकालाई अनुशासन समावेश गर्न केन्द्रमा सिफारिस गर्न निर्णय गरेकोसमेत गुप्ताले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप