बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : प्रिय प्रेम दाइ

बुधबार, ११ माघ २०७९, १३ : ०७
बुधबार, ११ माघ २०७९

- विकास रेग्मी
प्रिय प्रेम आचार्य दाइ 
तिमीले गरेका प्रयास
तिमीले गरेका संघर्ष
तिमीले भोगेका पीडा
तिमीले सहेका दुःख
अनि 
पाएको शून्य प्रतिफल 
जे छ, उस्तै छ 
कथा फरक होला 
ब्यथा उस्तै छ 
तिमी एउटा पात्र हौ 
तिमी जस्ता कयौं छन् 
म पनि छु 
उ पनि छ
हामी सबै छौं 
किनकि
यो दलाल पुँजीवादको विश्व हो 
यहाँ 
निम्न वर्गका सपनाहरु
पिल्सिन्छन्
मध्यम वर्गका चाहनाहरु
मारिन्छन्
तिमी र हामीहरुलाई 
डिप्रेसनका औषधी खुवाएर 
मुस्कुराइ रहन्छ 
एउटा वर्ग 
दाइ
तिमी जलेका होइनौ
जलाइएको हो 
तिमी मरेका होइनौ
मारिएको हो 
सिंहदरवार र संसद भवनका
गेटहरुलाई चिता बनाएर
मलामी बनिरहेका 
शासकका विरुद्ध
यो तिम्रो विद्रोह हो 
दाइ
तिमी जस्तै
हामी पनि लाचार छौँ
हामी पनि मजबुर छौँ 
तर, यति हो 
हामी मर्न सकेका छैनौं
तर
दिन प्रतिदिन
मरिरहेका छौँ  ।
  –ईलाम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप