शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आर्थिक मिडिया सञ्चालक संघको अध्यक्षमा आचार्य

बुधबार, ११ माघ २०७९, १९ : ५४
बुधबार, ११ माघ २०७९

काठमाडौँ । आर्थिक मिडिया सञ्चालकहरूको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को नयाँ कार्यसमिति चयन भएको छ । बुधबार काठमाडौँमा सम्पन्न इमानको पहिलो अधिवेशनले केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा दैनिकी डटकमका माधव प्रसाद तिवारी र अर्थबजार डटकमका डिल्ली प्रसाद सापकोटा चयन भएका छन् ।

संस्थाको महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल चयन भएका छन् भने उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टंक कार्की चयन भएका छन् । संस्थाको कोषाध्यक्षमा रोजगार मिडियाका फणीन्द्रप्रसाद दाहाल र सहसचिवमा आर्थिक प्लस डटकमका अमिर लामा चयन भएका छन् भने कार्यकारी सदस्यमा कर्पोरेट बजारकी अप्सरा गौतम चयन भएकी छन् । आर्थिक विधाका सञ्चारमाध्यमहरूको हकहितका लागि भन्दै गठन गरिएको इमानमा हाल २२ वटा आर्थिक मिडियाहरू सदस्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप