बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिमकी उपसभामुख चौधरीद्वारा पार्टीबाट राजीनामा

बुधबार, ११ माघ २०७९, २० : ५७
बुधबार, ११ माघ २०७९

कैलाली । सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा (एमाले) बाट राजीनामा दिएकी छन् । उनले एक प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख पदमा रहँदासम्मको लागि आफू आबद्ध पार्टी एमालेका सम्पूर्ण राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जनाएकी छन् ।

विज्ञप्तिमा उपसभामुख पदमा आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीबाट राजीनामा दिएको उल्लेख छ । उपसभामुख चौधरी माघ ४ गते उपसभामुख पदको शपथ ग्रहण गरेका थिए । सत्ता साझेदार दल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उपसभामुखमा निर्वाचित भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप