सुदूरपश्चिममा बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्रीमा रोक

कैलाली । सुदूरपश्चिम प्रदेशमा फूटकररुपमा पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने छ । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपाल आयल निगमको आधिकारिक बिक्रेताबाहेक अरुले पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाइएको हो । जसअनुसार गैरकानूनी तरिकाले पेट्रोलियम पदार्थ बोतल तथा जर्किनलगायतका भाँडामा राखी बिक्री गर्न नपाइने भएको हो ।
“कार्यालयबाट भएको अनुगमनमा अवैधरुपले पेट्रोलियम पदार्थ बिक्रीवितरण भएको पाइएको छ”, विज्ञप्तिमा भनिएको छ, “यसबारे गम्भीर ध्यानाकर्षण भएको छ ।” विज्ञप्तिमा अति प्रज्वलनशील पदार्थ खुलारुपले बिक्री वितरण तथा भण्डारण गर्दा आगलागीका घटना निम्तिनेसँगै मानवीय र भौतिक क्षति हुने भएकाले रोक लगाइएको उल्लेख छ, गैरकानुनीरुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरिएको पाइए कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केटाहरूसँग कुरा गर्न नपाएको झोकमा बाआमाको हत्या
-
बैंकर्सको चेतावनी : ‘बैंकमाथि चौतर्फी आक्रमण भए विदेशी लगानी रोकिन सक्छ’
-
कोरोना अपडेट : थप ४२ जनामा सङ्क्रमण
-
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
-
एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र
-
आईपीएल प्रिभ्यु : गुजरात भर्सेस चेन्नई, पुनरागमन गर्ने धोनीको आशा