बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेत्रज्योति संघको निःशुल्क आँखा शिविर मार्फत  ३५८ जनाले पाए नयाँ दृष्टि

बिहीबार, १२ माघ २०७९, १२ : १७
बिहीबार, १२ माघ २०७९

कपिलबस्तु । कपिलबस्तुको दुई वटा स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा ३५८ जनालाई उज्यालो प्रदान गरिएको छ ।   नेत्रज्योति संघ, अन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जलले  आँखा शिबिर मार्फत  ३५८ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया  गरेको हो । कपिलबस्तु जिल्लाका बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकासंगको सहकार्यमा छुट्टाछुट्टै  शिबिर सञ्चालन गरिएको  थियो  ।

नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण  कोहि पनि अन्धोपनमा जिवन विताउन  नपरोस् भन्ने हेतुले  कार्यक्रम सञ्चालन गदै आएको छ । माघ ६ र ७ गते शिवराज नगरपालिकामा सञ्चालन गरिएको शिविरमा १५६ जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने एक हजार ७४ जनाको आँखाको परीक्षण गरिएको थियो ।  
 
त्यस्तै बुद्धभूमि नगरपालिमा माघ ९ र १० गते सञ्चालित शिविरमा २०२ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने १ हजार २९४ जनाको आँखा परीक्षण गरिएको अस्पतालका बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले जानकारी दिए ।  घर आगनमै निःशुल्क आँखा उपचार सेवा पाएपछि स्थानीयहरुले खुसी समेत व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप