शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बीमा शुल्कमा अनुदानको व्यवस्था गर्ने तादी गाउँपालिकाको प्रतिवद्धता

बिहीबार, १२ माघ २०७९, १३ : ०४
बिहीबार, १२ माघ २०७९

नुवाकोट । नुवाकोट जिल्ला, तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले गाउँपालिकाभित्र बीमा शुल्कमा अनुदानको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । माघ ११ गते पालिकाको खरानीटारमा भएको बीमा सम्बन्धि अन्तरक्रियामा बोल्दै तामाङले कृषहरुलाई कृषि बीमा गर्न प्रोत्साहन गर्नका लागि सरकारले कृषि बीमामा उपलब्ध गराउँदै आएको अनुदान बाहेक गाउँपालिकाबाट समेत बीमा शुल्कमा अनुदानको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सोही अवसरमा अध्यक्ष तामाङले छिट्टै नै गाउँपालिकाका कर्मचारीहरुको दुर्घटना बीमा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । अध्यक्ष तामाङले भूकम्प, बाढी, पहिरो, आगलागी लगायतका कारणले हुनसक्ने आर्थिक क्षतिको क्षतिपूर्ति पाउनका लागि बीमा गर्न जोड दिनुपर्ने बताउँदै गाउँघरमै बीमा गर्न पाउने र बीमा दाबी पनि सहजै पाउने व्यवस्था गर्न नेपाल बीमा प्राधिकरणसँग आग्रह गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमाको परिचय, महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको पहुँच विस्तारमा गाउँपालिकाको भूमिकाका महत्वपूर्ण हुने बताए । उपनिर्देशक सापकोटाले स–साना रकमबाट समेत बीमा गर्न नपाएमा, बीमा दाबी भुक्तानी समयमा नभएमा वा बीमा सम्बन्धी कुनै समस्या परेमा नेपाल बीमा प्राधिकरणलाई जानकारी दिन समेत आग्रह गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप