बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ल्यायो ऋणपत्र

बिहीबार, १२ माघ २०७९, १६ : २०
बिहीबार, १२ माघ २०७९

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्नेगरी ऋणपत्र निष्कासन गर्ने भएको छ । उक्त ऋणपत्र जारी गर्नका लागि बैंकले सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृती प्राप्त गरिसकेको छ । यो ऋणपत्रको प्रति इकाई मूल्य रु.१००० रहने बैंकले जनाएको छ । यस्तै ऋण पत्रको अवधि ५ वर्ष हुनेछ ।

यस सम्बन्धी सम्पूर्ण कार्य एनआइबिएल एस क्यापिटलले गर्ने गरी सम्झौता भएका बैंकले जनाएको छ । ऋणपत्रको लागि व्यक्ति र निजी संस्थाहरुले दरखास्त दिन सक्नेछन् । निष्कासन हुने कूल रकम मध्ये १.४४ मिलियन युनिट बराबरको ऋणपत्र निजी तवरमा र ९६० हजार युनिटबराबरको ऋणपत्र सर्वसाधारण लगायत म्युच्युअल फण्डहरुको लागि बाँडफाँट गरिने जनाइएको छ  ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल हाल नेपालमा संचालित एकमात्र अन्तर्राष्ट्रिय बैंक हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप