सङ्खुवासभामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने
बिहीबार, १२ माघ २०७९, २२ : ५०
सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारीमा प्रदेश नं १ स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सदरमुकाम खाँदबारीमा माघ १८ देखि २१ गतेसम्म प्रदेश नं १ स्तरीय तेस्रो रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।
आयोजक सूर्य आवसीय माध्यमिक विद्यालयले खाँदबारीमा आज पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । भलिबल प्रतियोगितामा आयोजकसहित प्रदेश १ का १४ जिल्लाका १५ टिमको सहभागिता रहने आयोजक सूर्य बोर्डिङ स्कुलले जनाएको छ ।
प्रतियोगिताको विजेताले रु एक लाख ११ हजार एक सय ११, दुई सय तोला चाँदीको ट्रफी, उपविजेताले रु ५५ हजार, तेस्रो हुने टिमले रु ३३ हजार र सान्तवना हुने टिमले रु ११ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता आयोजक समितिका अध्यक्ष तीर्थ पन्तले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत