शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महानगरले व्यवसाय गर्न चाहनेका लागि स्टार्टअप अनुदान दिइरहेको छ : मेयर आचार्य

शुक्रबार, १३ माघ २०७९, १४ : ०९
शुक्रबार, १३ माघ २०७९

पोखरा । पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहु प्राविधिक शिक्षालय पोखराको आयोजनामा मेयरसँग विद्यार्थी अन्तर संवाद कार्यक्रम भएको छ । प्राविधिक शिक्षाको अवस्था, आवश्यकता र अवसर लगायतमा केन्द्रित अन्तर संवादमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित प्राविधिक शिक्षा सेवा प्रदायक संस्था, संस्थान र अध्ययन गरिरहेका विद्यार्थीले सहभागिता जनाएका छन् ।

कार्यक्रममा विद्यार्थीले प्राविधिक शिक्षा अध्ययनका सम्बन्धमा भोगेका समस्या, चुनौती र भविष्यमा हुन सक्ने अवसरका विषयमा जिज्ञासा राखेका छन् । जवाफमा प्रमुख आचार्यले प्राविधिक जनशक्तिलाई अवसर अभाव नहुने भन्दै स्थानीय सरकारको हैसियतले दक्षताका आधारमा ती जनशक्तिको व्यवस्थापन गर्दै जाने बताए । प्राविधिक शिक्षा हासिल गरेका कुनै पनि विद्यार्थी बेरोजगार हुन नपर्ने बताउँदै उनले व्यवसाय गर्न चाहनेका लागि स्टार्ट अप अनुदान उपलब्ध गराउने लगायतका कार्यक्रम महानगरपालिकाले गरिरहेको सुनाए ।

‘प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने कुरा नकार्न सकिने अवस्था छैन, त्यस कारण पोखरामा हामीलाई कति जनशक्ति चाहिने हो भनेर अहिले सर्वे गरिरहेका छौँ,’ प्रमुख आचार्यले भने, ‘महानगरले बेरोजगारको डाटा संकलनका लागि आह्वान गरिरहेको छ, केही वडामा विभिन्न प्राविधिक पोस्टका लागि आवेदन माग गरेको छ, तर निवेदन एकदमै कम परिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप