बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग

शुक्रबार, १३ माघ २०७९, १६ : ४४
शुक्रबार, १३ माघ २०७९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरू उपलब्ध गराई सहयोग गरेको छ ।

श्रीपञ्चमीको अवसरमा आयोजित एक कार्यक्रमका बीच बैंकको बागमती प्रादेशिक कार्यालय उपप्रमुख विदुर ज्ञवालीले चितवन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापी लगायतका विभिन्न शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

बैंकले उपलब्ध गराएका शैक्षिक सामग्रीहरू विद्यालयले विभिन्न कक्षामा अध्ययनरत गरिब तथा जेहनदार विद्यार्थीहरुलाई वितरण गरिएको छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता कार्यक्रमहरुको आयोजना गरी आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

कार्यक्रममा बैंकका सहिदचोक शाखा प्रमुख लक्ष्मण पौडेल, सञ्चालन अधिकृत हेम बहादुर गुरुङ लगायत बैंकका कर्मचारी, शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप