शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अनन्त अम्बानीले इन्गेजमेन्टमा लगाएका थिए ‘कार्टियर प्यान्थर ब्रोच’, मूल्य कति रे ?

शुक्रबार, १३ माघ २०७९, १६ : ५९
शुक्रबार, १३ माघ २०७९

एशियाका दोस्रो सर्वाधिक धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको इन्गेजमेन्ट गत १९ जनवरी २०२३ मा भएको थियो ।

रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानीका घर एन्टिलियामा अनन्त–राधिका मर्चेन्टको इन्गेजमेन्टको ग्रान्ड पार्टीको आयोजना गरिएको थियो ।

यो इन्गेजमेन्ट समारोहमा फिल्म र क्रिकेट जगतका ठूल्ठूला सेलिब्रिटी पुगे र सबैको नजर अनन्त–राधिकाको जोडीमा टिकेको थियो ।

इन्गेजमेन्ट समारोहमा अनन्त अम्बानीले आफ्नो निलो कुर्ताको ज्याकेटमा आइकोनिक कार्टियर प्यान्थर ब्रोच लगाएका थिए ।

broochअनन्त अम्बानीको यो कुनै साधारण ब्रोच नभई निकै विशेष र बहुमूल्य हिरा जडित प्यान्थर ब्रोच थियो ।

यो विशेष कार्टिय प्यान्थर ब्रोचमा एउटा ठूलो आकारको पन्ना रत्नमा एउटा ‘प्यान्थर’ लाई आरामसँग बसिरहेको देखाइएको छ ।

प्लेटिनम वा सुनमा बनेको प्यान्थरको शरीरमा हिरा जडित छन् र आँखा नास्पातीको आकारको पन्नाले बनेको हुन्छ ।

brooch1यो ब्रोचको वास्तविक नाम ‘प्यान्थेरा डे कार्टिज ब्रोच’ हो र यसको अनुमानित मूल्य करिब १,१३,५१,०८७ देखि १,३२,२६,०८५ भारुको बीच छ ।

प्यान्थर ब्रुचलाई सन् १९१४ मा ज्याक्विज कार्टियरले डिजाइन गरेका थिए जुन कार्टियर परिवारका तेस्रो पीढिबाट थिए ।

brooch2यो ब्रोचको अर्डर गर्नेमा डचेज अफ विन्डसोरको नाम छ जसले यसलाई सन् १९४९ मा मगाएकी थिइन् ।

कार्टियर प्यान्थर ब्रोचलाई एन्जेलिना जोली, साराह जेसिका पार्कर र केट ब्ल्यान्चेटजस्ता हलिउड सेलिब्रिटीले पनि लगाएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप