विद्यालयमा निःशुल्क वाटर फिल्टर जडान

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका स्थित दुधिअवा माध्यमिक विद्यालयमा ५ लाख रुपैयाँभन्दा बढिपर्ने वाटर फिल्टर एक गैरसरकारी संस्थाले निःशुल्क जडान गरिदिएको छ । क्याम्पस प्रमुख रन्जन खरेलको पहलमा इपीसी नेपाल नामक संस्थाले विद्यालय परिसरमा निःशुल्क वाटर फिल्टर जडान गरेको हो।
वाटर फिल्टर प्लान्ट जडानबाट विद्यालयका शिक्षक र विद्यार्थी प्रत्यक्ष लाभान्वित भएको क्याम्पस प्रमुख खरेलले बताए । खरेलले विद्यालयमा आर्सेनिक र आइरनयुक्त पानी विस्थापित भई शुद्ध पिउने पानीको व्यवस्थापन भएको बताए।
इपीसी नेपालका निर्देशक फिरोज चौधरीको सक्रियतामा प्राप्त फिल्टरमा १ हजार लिटर पानी अटाउने ट्याङ्कीमा जोडिएको छ। धाराबाट पानी खोलेपछी ५० मिनेटमा ट्याङ्की फुल हुने र अटोमेटिक फिल्टर हुँदै जाने भएकाले दैनिक हजारौं लिटर पानी फिल्टर हुनेछ। विद्यालय परिसर भित्र ११ ठाउँमा स्वच्छ खानेपानीको धारो जडान गरिएको दुधिअवाका प्रधानाध्यापक रवीन्द्र प्रसाद साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?
-
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
मखन टोलको आगलागी अझै नियन्त्रणमा आएन, एक जनाको मृत्यु (तस्बिरहरू)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
कैलाश चौधरी सुदूरपश्चिममा फेरि मन्त्री बन्ने
-
भोगचलन गरेको पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र