गुडबाई सामाजिक सञ्जाल

म तिम्रै कारण धेरै पछि पर्दै गएको छु
जितेका दिन पनि सधँै हारेको छु
फेसबुक, टिकटकले गर्दा संकटमा परेको छु
त्यसैले त आज सामाजिक सञ्जाल गुडबाई गरेको छु ।
कैले जापानी त कैले युरोपेली
बस्न सकिन म आफ्नो मन सम्हाली
तिम्ले छोडेपनि पीडा त खटाएको छु
तिम्रै कारण सामाजिक सञ्जाल गुडबाई गरेकोे छु ।
भाग्यमानीले टिकटकले गर्दा कार चलाउँछ
कसैको त अति नै भयो भैँसी बेचाउँछ
यिनै सञ्जालले गर्दा संस्कार, सभ्यता हराउँछ
अर्काको श्रीमान् श्रीमती मन पराउने बाध्यता बनाउँछ ।
लाईक कमेन्ट नगर्दा सधँै साथी रिसिन्छ
मेरो फोटोमा उसले ‘लभ रियक्ट’ गर्न बिर्सिन्छ
साथी भाइको सम्बन्ध सञ्जालले बिगार्छ
जाँगरिलो मान्छेलाई पनि अल्छी बनाउँछ ।
लाइन नगई घरमा पनि गफगाफ चल्दैन
सानो भाइ बैनीले पनि किताव समाउँदैन
इन्टरनेट नभाको ठाउँमा पुग्दा खल्लो भएको छ
बृद्ध बा लाई नि टिकटक चल्ने मोबाइल चाहिएको छ ।
राम्रो फाईदा पनि छ सञ्जालको तारिफ गरिन
म पनि तपार्इंहरु भन्दा केही फरक परिन
केही दिनलाई सञ्जाल गुडबाई गर्ने निर्णय गरेको छु
त्यही फुर्सदले त आज कलम चलाएको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ प्रतिशतसम्म क्यासब्याक र विभिन्न उपहारसहित एलजीको नयाँ वर्ष अभियान जारी
-
भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
-
नयाँ वर्षमा दोलखाको हनुमन्तेमा मेला लाग्ने
-
गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी एसइई दिँदै
-
तनहुँमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु, २ जना घाइते
-
नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे हुने