शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रेफ्रीलाई दुर्व्यवहार गरेको भन्दै उरुग्वेका खेलाडी कारवाहीमा

शनिबार, १४ माघ २०७९, १४ : ३२
शनिबार, १४ माघ २०७९

एजेन्सी । रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले उरुग्वेका चार खेलाडीलाई कारबाही गरेको छ । कतार विश्वकप अन्तर्गत घानाविरुद्धको खेलमा रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै उरुग्वेका खेलाडी डिएगो गोडिन र एडिन्सन काभानीलाई एक खेलको प्रतिबन्ध लगाएको छ ।

त्यस्तै फर्नान्डो मुस्लेरा र जोसे मारिया जिमिनेजलाई चार खेलको प्रतिबन्ध लगाएको छ ।  यस्तै उरुग्वेका चार खेलाडीले फुटबल सम्बन्धि सामुदायिक सेवा र २० हजार स्विस फ्रान्क जरिवाना तिर्नुपर्नेछ । घानाविरुद्ध पेनाल्टी नपाएपछि आक्रोशित उरुग्वेका खेलाडीहरु रेफ्रीविरुद्ध खनिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप