बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायली प्रधानमन्त्री नेतान्याहुले सुरक्षाबारे निर्णय लिँदै

शनिबार, १४ माघ २०७९, १९ : २१
शनिबार, १४ माघ २०७९

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षा विषयमा मन्त्रिपरिषदको बैठक बोलाउने तयारी गरेको बुझिएको छ । शनिबार बिहान जेरुसेलमको पुरानो शहर नजिकै भएको गोलीकाण्डमा दुई इजरायली घाइते भएपछि यहाँको सुरक्षास्थितिमा थप चुनौती थपिएको छ ।

यस्तै शुक्रबार राति पूर्वी जेरुसेलमको एक बस्तीमा प्यालेस्टिनी बन्दुकधारीले सात इजरायलीको हत्या गर्नुका साथै अन्य तीन जनालाई घाइते बनाएपछि शनिबारको आक्रमण भएको हो। पछिल्ला दिनहरूमा इजरायली र प्यालेस्टाइनबीच तनाव बढ्दै गएको छ।

पूर्वी जेरुसेलमका १३ वर्षीय प्यालेस्टिनी बासिन्दा आक्रमणकारीले बाबु र छोरालाई घाइते बनाएको केही समयपछि  आक्रमणकारीलाई गोली हानी मारिएको प्रहरीले जनाएको छ। सोसँगै इजरायली प्रहरी प्रमुखले जेरुसेलम क्षेत्रमा विशेष बल तैनाथ गर्ने निर्णय गरेका छन्।

यसै हप्ताको शुरुमा वेस्ट बैङ्कको जेनिन शहरमा इजरायली सेनाले गरेको आक्रमणमा नौ प्यालेस्टाइनीको मृत्यु भएको थियो जसले गर्दा विद्रोही बीच आक्रोश बढेको छ  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले छिट्टै यस क्षेत्रको भ्रमण गर्ने कार्यक्रम समेत तय भएको बताइएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप