बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बायर्न बराबरीमा रोकियो

आइतबार, १५ माघ २०७९, ०८ : ४६
आइतबार, १५ माघ २०७९

बायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबल अन्तर्गत बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बायर्न फ्रान्कफुर्टसँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा लिएको सुरुवाती अग्रता जोगनाउन नसक्दा बायर्न बराबरीमा रोकिएको हो । लोरी सानेले खेलको ३४ औं मिनेटमा गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

बायर्नले पहिलो हाफमा १–० गोलको अग्रता बनाएको बायर्नले दोस्रो हाफमा गोल गर्न सकेन । खेलको ६९ औं मिनेटमा राण्डल कोलो मुआनीले गोल गर्दै फ्रान्कफुर्टलाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीसँगै बायर्नले १८ खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । यता फ्रान्कफुर्ट ३२ अंक जोडेर पाँचौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप