शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट प्रहरीद्वारा २ करोडभन्दा बढीको अवैध सामान

आइतबार, १५ माघ २०७९, ०९ : १७
आइतबार, १५ माघ २०७९

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटबाट खटेका गस्ती टोलीले २ करोड भन्दा बढीको अवैध सामान बरामद गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा दोब्बर हो । 

यस आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा रौतहट प्रहरीले जिल्लाको विभिन्न स्थानबाट २ करोड २० लाख, १८ हजार ५५६ रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ। भारतीय बजारबाट भन्सार छलेर अवैध रूपमा तस्करहरूले भित्र्याएको किराना, कपडा, हार्डवेयर,कस्मेटिक लगायत उक्त परिमाणमा बरामद समान भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले बताए ।

गत आर्थिक वर्ष २०७८र०७९ मा रौतहट प्रहरीले मात्र २ करोड ३३ हजार ४६८ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्याङ्कमा उल्लेख छ। त्यसै गरी यस आर्थिक वर्षको ६ महिनामा प्रहरीले विभिन्न स्थान बाट स्रोत नखुलेको २३ लाख २८ हजार ५०० रुपैयाँ बरामद गरेको छ। तस्करी लगायत विभिन्न गैरकानुनी काममा संलग्न ६८ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताए ।

गत साउन देखि पुस मसान्तसम्म जिल्ला प्रहरी तथा मातहतका प्रहरी कार्यालयहरूमा कुल ३७१ मुद्दा दर्ता भएकोमध्ये ६२ प्रतिशत अर्थात २१४ मुद्दा फर्छ्यौट भैसकेको छ। सोही अवधिमा प्रहरीले रौतहटको विभिन्न स्थानमा सामुदायिक प्रहरी साझेदारीसँग सम्बन्धित २२८ कार्यक्रम गरेको र जसबाट ८ हजार ३८५ नागरिक लाभान्वित भएको प्रहरीको तथ्याङ्कमा उल्लेख रहेको छ। 

त्यसै गरी पूर्व पश्चिम महेन्द्र राजमार्ग तथा गौर चन्द्रनिगाहपुर सडकखण्ड लगायत विभिन्न स्थानमा प्रहरीकै सक्रियतामा ५० ठाउँमा  सिसिटिभी क्यामरा जडान भएको छ, जसमा १३३ वटा फिक्स क्यामरा रहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप