शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनटिभी कप : नेपाल टेलिभिजनलाई उपाधि, रासस उपविजेता

आइतबार, १५ माघ २०७९, १३ : ५२
आइतबार, १५ माघ २०७९

काठमाडौँ । ‘एनटिभी कप–२०७९’ फुटसल प्रतियोगिताको उपाधि नेपाल टेलिभिजनले जितेको छ ।  राष्ट्रिय समाचार समिति (रासस) लाई ७–० गोल अन्तरले हराउँदै नेपाल टेलिभिजनले उपाधि हात पारेको हो । राससले उपविजेतामै चित्त बुझायो । 

नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आज शान्तिनगरस्थित फुटसल कोर्टमा भएको उक्त मैत्रीपूर्ण प्रतियोगितामा नेपाल टेलिभिजनका लागि वासुदेव अवाल र सुशील अधिकारीले दुई/दुई तथा महेश निरौला, दीप बस्नेत र प्रज्ज्वल शाक्यले एक÷एक गोल गरे ।

चार सरकारी सञ्चारमाध्यमबीच भएको उक्त प्रतियोगितामा गोरखापत्रलाई हराउँदै रेडियो नेपाल तेस्रो भयो । रेडियो नेपालले गोरखापत्रलाई ५–० गोल अन्तरले पराजित गरेको हो । त्यसअघि भएका खेलमा राससले गोरखापत्रलाई ७–० गोलअन्तरले तथा नेपाल टेलिभिजनले रेडियो नेपाललाई ६–० गोलअन्तरले हराएको थियो ।  विजेता खेडालीलाई नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सव समारोहमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल टेलिभिजन कर्मचारी युनियनका नेता विश्वेश्वर पौडेलले जानकारी दिए । नेपाल टेलिभिजनको वार्षिकोत्सव यही माघ १७ गते मनाइँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप