बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन प्रवर्द्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न

आइतबार, १५ माघ २०७९, १५ : १३
आइतबार, १५ माघ २०७९

काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि चेम्बर अफ कमर्सले कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौंको सिनामंगलस्थित रोयल नेपाल गल्फ क्लबमा निजी क्षेत्रका उद्योगी व्यवसायीको सहभागितामा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गरिएको हो ।

सो प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले गल्फ प्रतियोगितालाई व्यवस्थित बनाएर मुलुकको पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘कर्पोरेट गल्फ मार्फत मुलुकका उद्यमी व्यवसायीलाई एकै ठाउँमा जोड्न सकिन्छ । गल्फ मार्फत आन्तरिक र बाह्य पर्यटन वृद्धि गर्न पनि महत्वपुर्ण सहयोग पुग्छ भन्ने मैले अपेक्षा गरेको छु । ’

गल्फ खेल मार्फत पर्यटन विकास पनि हुने भएकाले देशव्यापी बनाउन आवश्यक रहेको अध्यक्ष मल्लको भनाई छ । गल्फ खेलले शारीरिक विकास र मनोरञ्जनसँगै मानसिक स्वास्थ्यमा पनि सहयोग पु¥याउने भएकाले यसलाई व्यापक बनाउनुपर्ने अध्यक्ष मल्लको भनाई छ । रोयल नेपाल गल्फ क्लबसँगको सहकार्यमा चेम्बरले आगामी वर्ष पनि गल्फ प्रतियोगिता लाई निरन्तरता दिने उनले बताए । 

गल्फ क्लबका अध्यक्ष प्रचण्डमान श्रेष्ठले राज्यको साथ र नीतिगत व्यवस्था गरेर गल्फको विकास मार्फत पर्यटन प्रवर्द्धन गर्न सकिने बताए । यसका लागि निजी क्षेत्रको सबै भन्दा पुरानो संस्था चेम्बरसँग १ सय वर्ष भन्दा पुरानो इतिहास बोकेको रोयल नेपाल गल्फ क्लब सहकार्य गर्न तयार रहेको उनको भनाई छ ।

शनिवार सम्पन्न प्रतियोगिताका विजेतालाई चेम्बर अध्यक्ष मल्लले सम्मान समेत गरे ।  पुरुषतर्फ नीतिममनी राज भण्डारी ४० उच्च स्कोर सहित पुरस्कृत भए ।  महिलातर्फ ३२ स्कोर सहित आर्सिया बानुले पुरस्कृत भइन् ।  यस्तै चेम्बरको आमन्त्रित समूह तर्फबाट कान्तिपुर दैनिकका सहायक म्यानेजर किशोर बस्नेत ३५ स्कोर सहित पुरस्कृत भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप