शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनन्त राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

आइतबार, १५ माघ २०७९, १५ : ४८
आइतबार, १५ माघ २०७९

काठमाडौँ । अनन्त थापा नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अनन्तलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ। नेपाली महिला टोलीले भारतसँग उसैको मैदानमा खेल्नेछ । मैत्रीपूर्ण खेल फेब्रुअरी १३ देखि २५ को बीचमा हुनेछ ।
आगामी भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले अनन्तलाई महिला टिमको जिम्मेवारी दिएको हो ।

यस्तै गंगा गुरुङ सहायक प्रशिक्षक नियुक्त भएका छन् । सुरजकुमार लामालाई गोलकिपर प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप